नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बनाइन्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बनाइने गरेको बताएका छन् ।

शुक्रबार विश्व ॐकार एकता महाभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।

उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीको हातमा रहेको बताए । उनले मन्त्रीहरू को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीको चासोको विषय हुने गरेको जिकिर गरे ।

उनले भने – ‘आज तपाईंहरुले याद गर्नुभएको छ कि छैन आज नेपालको निर्णायकत्व हाम्रो हातबाट फुस्किएर गएको छ । आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीको चासो र योजनाको विषय बन्न थालेको छ ।’

अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्रको समाप्त पार्नेहरूको अभिष्ट अझै पनि पूरा भइनसकेको टिप्पणी गरे । 

अध्यक्ष लिङ्देनले नेपाललाई कसैको मागबिना नै धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै त्यसो हुँदा पनि हिन्दु धर्मावलम्बीले कुनै विरोध गर्न नसकेका बताए । उनले हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि ॐकार परिवारको प्रयत्न र सक्रियतालाई अझै बढाउनुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १९:३०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया