गृहमन्त्री खाणको नाम महोत्तरी ३ बाट पनि सिफारिस
फाइल तस्वीर

नेपाली कांग्रेसले महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा उक्त क्षेत्रबाट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खाणलाई कांग्रेसले एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

क्षेत्रीय समितिको बैठकले गृहमन्त्री खाणको नाम सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरिएको नेपाली कांग्रेसका जलेश्वर नगर उपसभापति प्रकाश पाठकले जानकारी दिएका छन् । 

यसअघि गृहमन्त्री खाणको नाम रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर-२ र ३ बाट पनि सिफारिस भएको छ । 

अघिल्लोपटक समानुपातिकमा बसेका खाण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् । 

२०७४ को निर्वाचनमा महोत्तरी ३ बाट लोसपाका अध्यक्ष महन्त ठाकुर निर्वाचित भएका हुन् । 



सोही क्षेत्रबाट मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदबाट राजीनामा दिएर जसपामा प्रवेश गरेका दीपेन्द्र झा पनि चुनाव लड्ने चर्चा छ ।



  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार २०:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया