बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएकोमा भारतले एक दिने राष्ट्रिय शोक मनाउने भएको छ । सरकारले सरकारले आगामी ११ सेप्टेम्बरमा एक दिने राष्ट्रिय शोक मनाउने भएको हो ।
महारानीप्रति सम्मान व्यक्त गर्न सरकारले एक दिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेप्टम्बर ११ मा भारतभर र विदेशस्थित भारतीय नियोगमा भारतीय झण्डा आधा झुकाइने विज्ञप्तिमा उल्लेख छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महारानीको निधनप्रति गहिरो शोक व्यक्त गरेका थिए ।
महारानीको निधनप्रति विश्वका नेताले शोक व्यक्त गरेका छन् । महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।