व्यवस्था परिवर्तन माओवादीले गर्यो, रजाइँ अरुले नै गरे : शिक्षामन्त्री पौडेल

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाइँ गरेकाले समस्या भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको बताए । यसकारण पनि आगामी निर्वाचनमा माओवादी उमेदवारले जित्नुपर्ने बताए ।

गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा उनले प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूलाई व्यवसायीक दक्षता बढाउन र हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे । 





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १७:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया