कांग्रेसका नेताहरूले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न मिल्दैन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेस निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा नरहेको बताएका छन् । 

नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसका नेताहरूले सत्तारूढ गठबन्धनविरूद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताए।

आफू काग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारूढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिबद्ध रहेको समेत बताए।

उनले गठबन्धनमा आबद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्ने बताउँदै उनले कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन नतोड्ने प्रस्ट पारे ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १७:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया