बागमती प्रदेशमा आत्महत्याको दर घट्दो क्रममा

बागमती प्रदेशमा आत्महत्याका कारण ज्यान गुमाउनेकोे अवस्था घट्दो क्रममा रहेको पाइएको छ । २०७६/०७७ देखि चालू आर्थिक व​र्षसम्मको तथ्यांक हेर्दा बागमतीमा आत्माहत्याको दर घट्दो क्रममा रहेको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए । 

बागमती प्रदेश प्रहरीको त्रिवर्षीय अपराध तथ्यांकअनुसार बागमतीमा सयौं मानिसहरुले आत्माहत्याका कारण ज्यान गुमाइरहेका छन् । तर, आत्महत्याको दर भने घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।

प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा १ सय ४६ वटा आत्महत्यासम्बन्धी मुद्दा दर्ता भएको थियो । जसमध्ये विष खाएर ६० जना, झुण्डिएर ८६ जनाले आत्माहत्या गरेको प्रहरीको तथ्यांक छ । यसैगरी २०७७/०७८ मा १ सय ४१ ले आत्महत्या गरेका थिए । जसमा विष सेवन गरेर ४८ जना, झुण्डिएर ९२ र पानीमा डुबेर १ जनाले आत्महत्या गरेका थिए । 

त्यस्तै, २०७८/०७९ मा १ सय ५० वटा मुद्दा प्रहरीकोमा दर्ता भएका छन् । जसमध्ये जसमध्ये बिष खाएर ३२ जना, झुण्डिएर ९० जना, पानीमा हाम्फालेर २ जनाले आत्माहत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । 

बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लामा प्रतिशतको आधारमा हेर्दा सबैभन्दा धेरै आत्महत्या चितवनमा भएको प्रहरीको तथ्यांक छ । जहाँ आत्महत्या गर्नेको संख्या २१ प्रतिशत छ । त्यस्तै, काभ्रे र मकवानपुरमा १४-१४ प्रतिशत, धादिङमा १२ प्रतिशत, सिन्धुपाल्चोकमा ११ प्रतिशत, नुवाकोट र सिन्धुलीमा ८-८ प्रतिशत, दोलखामा ६ प्रतिशत, रापेछापमा ५ प्रतिशत र रसुवामा १ प्रतिशतले आत्महत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । 

त्यसो त, आत्महत्या गर्नेमा सबै उमेर समूह रहने समेत तथ्यांकले जनाएको छ । बागमतीमा आर्थिक वर्ष २०७६/०७७ मा १६ वर्षमुनिका ४८ जनाले आत्महत्या गरेका थिए भने सोही अवधिमा १६ देखि २५ वर्षसम्मका १ सय ९२, २६ देखि ३५ वर्षसम्मका १ सय ८८, ३६ देखि ४५ वर्षसम्मका २ सय १३, ४६ देखि ६० वर्ष सम्मका १ सय ८६ र ६० वर्षमाथिका १ सय ८ जना गरी ९ सय ३५ जनाले आत्महत्या गरेका थिए । 



त्यस्तै, प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा १६ वर्षमुनिका ७५ जनाले आत्महत्या गरेका थिए भने सोही अवधिमा १६ देखि २५ वर्ष सम्मका १ सय ९६, २६ देखि ३५ वर्षसम्मका २ सय ५१, ३६ देखि ४५ वर्षसम्मका २ सय ४२, ४६ देखि ६० वर्षसम्मका १ सय ५२ र ६० वर्षमाथिका १ सय २० गरी १ हजार ३६ जनाले आत्महत्या गरेका थिए । 

गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका १० जिल्लामा ९ सय २ जनाले आत्महत्या गरेका थिए । जसमध्ये १६ वर्षमुनिका ५४ जनाले आत्महत्या गरेका थिए भने सोही अवधिमा १६ देखि २५ वर्षसम्मका १ सय ७४, २६ देखि ३५ वर्षसम्मका १ सय ५५, ३६ देखि ४५ वर्षसम्मका १ सय ७२, ४६ देखि ६० वर्षसम्मका २ सय १२ र ६० वर्षमाथिका १ सय ३५ जनाले आत्महत्या गरेका बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । 



प्रहरीका अनुसार बागमती प्रदेशमा आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढिरहेको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १९:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया