अब बैतडीमा पनि पम्पबाटै पेट्रोल किन्न पाइने

लामो समयदेखि महँगो मूल्यमा पेट्रोल किन्दै आएका बैतडीका नागरिकले अबदेखि पेट्रोपपम्पबाट नै पेट्रोल किन्न पाउने भएका छन् । जिल्लाको सतबाँझमा रहेको एक मात्र भण्डारी आयल स्टोरबाट पेट्रोल बिक्री सुरु भएपछि स्थानीयलाई सहज भएको हो ।
 
बजारमा २ सय ३० देखि अढाइ सय प्रतिलिटर पेट्रोल किन्न बाध्य भएका ग्राहकले अब प्रतिलिटर एक सय ८९ रुपैयाँमा पेट्रोल किन्न पाउने भएका हुन् । भण्डारी आयल स्टोरबाट पाँच वर्षपछि पेट्रोल बिक्री कार्य सुचारु भएको हो । 

स्थानीय प्रशासनको विशेष सक्रियता र नेपाल आयल निगमको क्षेत्रीय कार्यालय धनगढीको समन्वयमा पेट्रोल पम्पबाट पेट्रोल बिक्री गर्ने कार्य सुचारु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
 
पेट्रोलमा कालोबजारी भइरहेको विषयमा व्यापक जनगुनासो आएको र सो जनगुनासोलाई सम्बोधन गर्नका लागि पेट्रोल पम्पबाट पेट्रोल बिक्री गर्ने वातावरण मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘हामीले हरेक क्षेत्रमा हुने कालोबजारी रोकथामका लागि काम गरिरहेका छौं । पेट्रोलियम पदार्थ हुने कालोबजारी रोक्न लागि पेट्रोल पम्पबाट पेट्रोल बिक्री वितरणको काम सुरु गरेका छौं ।’

प्रमुख जिल्ला अधिकारी पन्थीले जिल्लामा पेट्रोलमा भइरहेको कालोबजारी हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको आफ्नो प्रतिबद्धता पूरा भएको छ । पेट्रोल पम्पबाटै पेट्रोल पाइने भएपछि स्थानीयहरु निकै खुसी भएका छन् । 

५ वर्षपछि पेट्रोल पम्पमा पेट्रोल पाइन थालेपछि निकै खुसी लागेको पाटनका स्थानीय समेत रहेका पत्रकार वसन्त विष्टले बताए । पेट्रोलमा कालोबजारी भइरहेको विषयमा लामो समयदेखि आवाज उठिरहेको भए पनि अहिले आएर नागरिकको गुनासो सम्बोधन भएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार १९:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया