बैतडीका चार दलले गरे उम्मेदवारको नाम सिफारिस

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका चार राजनीतिक दलले उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार सिफारिस गरेका हुन् ।

नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि जिल्ला सभापति चतुरबहादुर चन्दसहित ९ जनाको नाम सिफारिस गरेको छ । विनयध्वज चन्द, नरबहादुर चन्द, शिवराज भट्ट, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर र दिनेश भट्टको नाम सिफारिस गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए । 

यस्तै, प्रदेशसभा क्षेत्र नम्बर (क)मा पार्टी उपसभापति वीरबहादुर विष्ट, महासमिति सदस्य हरिमोहन भण्डारी लगायत ८ जनाको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा क्षेत्र नम्बर (ख)का लागि शिवराज भट्ट, तेजबहादुर चन्द, टेकराज जोशी लगायत १८ जनाको नाम सिफारिस गरिएको छ । 

यस्तै, नेकपा एमालेले पनि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीको नाम सिफारिस गरिएको छ, भने प्रदेशसभा क्षेत्र नम्बर (क) का लागि जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर पाल र क्षेत्र नम्बर (ख)का लागि केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज लीलाधर भट्टको नाम सिफारिस गरेको हो । 

त्यसैगरी, नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)को नाम सर्वसम्मत सिफारिस गरेको छ । संघीय सांसदको समानुपातिकतर्फ लक्ष्मी ओड र श्वेता भट्टको नाम सिफारिस गरिएको माओवादी केन्द्र बैतडीले जनाएको छ ।

प्रदेशसभा सदस्यका लागि पनि दुईवटै क्षेत्रबाट उम्मेदवारको नाम पनि सिफारिस गरिएको छ । प्रदेशसभा क्षेत्र नम्बर (क)बाट प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका शंकर भण्डारी, रणबहादुर कुँवर, वर्तमान प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य), दलबहादुर धामी र धर्मसिंह ऐरको नाम सिफारिस गरिएको हो । 



प्रदेशसभा क्षेत्र नम्बर (ख)बाट प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ डा. केदारचन्द्र भट्ट, गोपाल चन्द, ईश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिस गरिएको माओवादी केन्द्र बैतडीले जनाएको छ ।

प्रदेश समानुपातिकतर्फ भने पार्वती नेगी‚ रेणु चन्द र लक्ष्मी पोखरेल विकको नाम सिफारिस गरिएको माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए । यस्तै, एकीकृत समाजवादीले प्रतिनिधिसभाका लागि पार्टीका जिल्ला इन्चार्ज परमानन्द भट्टको नाम सिफारिस गरेको छ, भने समानुपातिकतर्फ केन्द्रीय सदस्य माया भट्ट र लालसिंह कार्कीको नाम सिफारिस गरेको छ ।



यस्तै, प्रदेशसभा क्षेत्र नम्बर (क)का लागि परमानन्द भट्ट, नरेन्द्र विष्ट र भृकुटी चन्दको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर (ख) का लागि जिल्ला अध्यक्ष महादेव भट्ट, राजुराम भुल र पार्वती भट्टको नाम सिफारिस गरेको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार २०:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया