दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्री खाणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ । मन्त्री खाणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीनजनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका सहसचिव प्रदीप कोइरालाले बताए ।

शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै ७ जना बेपत्ता छन् । पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार २०:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया