जनकपुरमा गठबन्धनबाट बाहिरिने चेतावनी दिएका उपेन्द्र काठमाडौं बैठकमा आएनन्

सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि आगामि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको गठबन्धनको बैठकमा औपचारिक छलफलसमेत हुन सकेन । आज साँझ बालुवाटारमा सुरु भएको यो बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ ।

उता, शनिबार नै जनकपुरमा एक कार्यक्रममा सहभागी भएका यादवले आफूहरुले कुनै आत्मघाती निर्णय नगर्ने बरु गठबन्धनबाट बाहिरिएर चुनावमा जाने चेतावनी दिएका थिए । 

उनको पार्टीका नेताहरुले यादव बैठकमा आउने भने पनि विमानले समयमा उडान नभरेकाले आउन नसकेको बताएका छन् ।

तर, अर्कोतिर, उनको अनुपस्थितिलाई गठबन्धनमा पछिल्लो समय सिट बाँडफाँटमा देखिएको खटपटको कारण भएको अनुमान पनि गरिएको छ ।






  • प्रकाशित मिति : भदौ २५, २०७९ शनिबार २१:५५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया