राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ । घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी र प्रहरीबीच आइतबार बिहान ढुंगा हानाहान भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै त्यसको विरोधमा विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीलाई रोक्न पुगेको प्रहरीबीच झडप भएको हो ।
तस्बिरमा हेर्नुस् नेविसंघ कार्यकर्ता र प्रहरीबीचको ढुंगा हानाहान :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।