साइबर हमलाका कारण आइफोनमा समस्या

एजेन्सी– केही समययता एप्पलको आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको छ । एप्पलको आइफोनमाथि साइबर हमला भएका कारण आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको हो ।

आइफोनको एउटा एपमा बग देखा परेको छ, जसका कारण आइफोन तथा आइप्याडमा भिडियो कलिङ लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा बगले आक्रमण गरेको छ । जसका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ ।

ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ । आइफोनमा देखापरेको बगको बारेमा सबैभन्दा पहिले ब्लुम्बर्गले सार्वजनिक गरेको छ । बग आक्रमणको खुलासा सँगै एप्पलले हालका लागि ग्रुप फेसटाइम कल फिचर सबै प्रयोगकर्ताका लागि बन्द गरिदिएको छ ।

एप्पलको ग्रुप फेसटाइम आइओएस १२.१ अपरेटिङ सिस्टमको सबैभन्दा महत्वपूर्ण फिचरको रुपमा रहेको छ । यो एपका प्रयोगकर्ताको संख्या पनि अत्यधिक रहेको छ । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै ग्रुप फेसटाइमलाई बन्द गरिएको बताइएको छ । यो एपमा अपडेट गरी बगमुक्त गराएपछि मात्र प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ ।





  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार १७:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया