केही राजनीतिक दलले न्यायपालिका ध्वस्त पार्न खोजेः चोलेन्द्रशम्शेर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले केही राजनीतिक दलले अहिले न्यायपालिकालाई नै ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् ।

महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका जबराले राजनीतिक दलले न्यायापालिकालाई ध्वस्त पार्न खोजेको आरोप लगाएका हुन् । उनले आफूलाई अनावश्यक आरोप लगाइएको र आफूले न्यायापालिकामा आँच आउने कुनै काम नगरेको पनि दोहोर्याएका छन् ।

उनले आफूलाई यस्तो आरोप लगाउनु भनेको सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउन खोज्नु भएको पनि बताएका छन् । 

उनले भनेका छन्, ‘सबै न्यायाधीश विचौलिया हुन्, यिनीहरुले प्रधानन्यायाधीशको निर्देशनमा काम गर्छन् भनेर जतिबुँदामा आरोप लगाइएको छ, यसले त संविधानमा हामीले परिकल्पना गरेको स्वतन्त्र, सक्षम न्यायापालिकालाई टिकिखान नदिने, बसिखान नदिने र न्यायापालिकालाई ध्वंश गर्ने कामबाट यस्ता आरोप अघि बढेका छन् ।’

‘यो न्यायमा संलग्न व्यक्तिहरुको मात्र होइन, राजनीतिक दलहरुको पनि ध्येय हो । को राजनीतिक दल हो म भन्दिनँ, तर न्यायपालिकालाई ध्वंश गर्न सकियो भने आफ्नो स्वार्थपूर्ति हुन्छ भन्ने मनोभावना राखेर भइरहेको छ,’ उनले भनेका छन् ।





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार २०:५७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया