ट्युनिसियाको तटमा आप्रवासी सवार डुंगा डुब्यो, ११ जनाको मृत्यु

ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । त्यस्तै, १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा डुबेपछि १४ जनाको उद्धार गरेको छ । 

शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चारमाध्यम टीएपीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष १ हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको छ । 

ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो । विभिन्न देशबाट गैर कानुनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ ।
 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ६:४३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया