चिनियाँ जनकंग्रेस अध्यक्ष ली आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु आज नेपाल आउँदैछन् । उनी सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । 

लीसहितको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीन दिने भ्रमणका लागि आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनी रुस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम छ ।  

सोमबार नै चिनियाँ नेता लीले सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नेछन् । 

मंगलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची छ । नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिटब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो वरियतामा छन् ।  



ली बिहीबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 



  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ८:२८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया