सामसङले बनायो स्मार्ट फोनका लागि विश्वमै पहिलो १ टिबी मेमोरी चिप

सिओल–  सामसङले स्मार्ट फोनका लागि विश्वमै पहिलो १ टिबी क्षमताको मेमोरी चिप तयार गरेको छ । अब विश्वभरका मोबाइल निर्माता कम्पनीले आफ्ना डिभाइसमा एउटै फ्ल्यास मेमोरी चिपमार्फत १ टिबी (१०२४ जिबी) इन्टरनल स्टोरेज दिन सक्नेछन् । 

यस १ टिबी चिपको साइज पहिलेका चिपसरह नै छ । तर, यसको स्टोरेज क्षमता भने पहिलेको ५१२ जिबी चिपको भन्दा दोब्बर छ । १ टिबी इम्बेडेड युनिभर्सल फ्ल्यास स्टोरेजको माध्यमबाट प्रयोगकर्ताले आफ्नो स्मार्ट फोनमा ४के युएचडी फर्म्याटमा १० मिनेटका २६० भिडियो स्टोर गर्न सक्छन् । 

नयाँ चिपमार्फत प्रयोगकर्ताले स्मार्ट फोनमा नोटबुकजस्तो अनुभव गर्न सक्ने कम्पनीले बताएको छ । १ टिबी चिपले ठूला साइजका मल्टिमिडिया फाइल निकै कम समयमा ट्रान्सफर गर्न मद्दत गर्छ । 

रिपोर्टअनुसार, सामसङ २० फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा ग्यालेक्सी १० स्मार्टफोन लन्च गर्दै छ, जसमा १२ जिबी र्यामका साथ १ टिबी इन्टरनल स्टोरेज रहने बताइएको छ । यदि यस्तो भयो भने यो विश्वकै सबैभन्दा बढी स्टोरेजको स्मार्ट फोन हुनेछ । 





  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार १८:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया