बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
 
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।
   
आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १३:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया