नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले अर्घेलो खडा गरिरहेको आरोप

लोकतान्त्रिक मधेसी फ्रन्टले कार्यपालिकाद्वारा प्रस्तुत र व्यवस्थापिकाद्वारा दुई–दुई पटक पारित नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिले अर्घेलो खडा गरिरहेको आरोप लगाएको छ ।
 
संविधानको संरक्षण गर्ने शपथ लिएका राष्ट्रपतिबाट नै संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गम्भीर आपतिजनक र पूर्णतः अस्वीकार्य रहेको फ्रन्टको जिकिर छ ।

सोमबार जनकपुरधाममा तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहको अध्यक्षतामा बसेको फ्रन्टको बैठकले यसविरुद्ध विभिन्न विरोधका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ । 

फ्रन्टले राष्ट्रपतिको यस्तो असंवैधानिक कार्यविरुद्ध २०७९ असोज ३ गते काला दिन समेतको स्मरण गर्दै जनकपुरधाममा दिउँसो ३ बजे जनकचोकमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

कार्यपालिकाद्धारा प्रस्तुत र व्यवस्थापिकाद्धारा दुई–दुई पटक पारित नेपाल नागरिकता ऐन संशोधन विधेयकको प्रमाणिकरणमा अर्घेलो खडा गर्ने जस्तो गतिविधि संविधान विपरीत र व्यवस्थापिका तथा कार्यपालिकाको कार्यमा अनुचित हस्तक्षेप गर्ने काम रहेको फ्रन्टले ठहर गरेको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावनाअनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवार प्रस्तुत गर्नेसमेत फ्रन्टले निर्णय गरेको छ ।





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १८:५१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया