भारतको गृह मन्त्रालयले भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटको मृत्युबारे सिबिआई जाँच गर्नु पर्ने सिफारिस गरेको छ ।
समाचार एजेन्सी पिटिआइका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तको अनुरोधमा गृह मन्त्रालयले यो सिफारिस गरेको हो ।
४३ वर्षकी फोगट २३ अगस्टमा गोवामा मृत अवस्थामा भेटिएको थियो ।
सोनाली टिकटकबाट पछिल्लो समय निकै ठूलो चर्चामा आउन थालेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।