यू-२० एसियन कप छनोटमा नेपालकाे लगातार दोस्रो हार
फरकधार / २८ भदौ, २०७९

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपालले गएराति शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा समूह ‘बी’ अन्तर्गतको खेलमा कतारसँग ३–१ गोलले पराजित हुँदै लगातार दोस्रो हार बेहोरेको हो ।



खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा मोहमद सुरागले टोलीको अग्रता दोब्बर बनाए । ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाहले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए ।

७६ औं मिनेटमा जासिमल मोहम्मदले आत्मघाती गोल गरेपछि खेल ३–१ को स्थितिमा सकियो । यो जितसँगै प्रतियोगितामा विजयी सुरुवात कतारले ३ अंक जोड्दा लगातार दुई हार बेहोरेको नेपाल विना अंक पुछारमा छ ।



पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ ।



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ७:२६:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया