हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास
फरकधार / २८ भदौ, २०७९
सडकमा कभर हाल्न बाँकी ड्रेन होल । तस्बिर : दमन राई

खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत–जावत गर्न जोखिम भएको छ । दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय) देखि त्रिबेणीचोकसम्मको बजार सडक ढलानका क्रममा पुरानो बेसक्याम्पदेखि बैंक अफ काठमाडौंको बीचमा ड्रेन कभर हाल्न ढिलाइ हुँदा स्थानीयलाई आवत–जावत गर्न सकस भएको हो ।



निर्माण कम्पनी सूर्य विकास जेभी लहानले सडक ढलानका क्रममा ड्रेन कभर नहाली छाड्दा आवत–जावत गर्ने स्थानीय जोखिममा परेका छन् । आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ लालीका नावालक बोकेका बालिका नालीमा खसेका छन् । नालीमा खस्दा दूधे बालकको टाउको ठोक्किएको छ । नालीको ढकनी तत्काल राख्न आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयले बताएका छन् । 

बजार सडक ढलानका क्रममा ठाउँ–ठाउँमा नालीको चार कुने प्वाल बनाइएको छ । नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर–दोहोर गर्ने कतिपय गाडी र बाइक असुरक्षित यात्रा गरिरहेका छन् । मोबाइल चलाउँदै हिँड्ने तथा नालीको ख्याल नगरी हिँड्ने स्थानीय खाल्डोमा खस्ने गरेका छन् । गत १५ मंसिरमा एक वृद्ध, १४ मंसिरमा आमासँगै हिँडिरहेका बच्चा र २६ कात्तिकमा एक विद्यार्थी नालीमा खसेका थिए ।



विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर–दोहोर गर्ने विद्यार्थी नालीमा खस्दा चोटपटक लाग्ने गरेको स्थानीय व्यवसायी शरन विश्वकर्माले बताए । 



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ८:२३:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया