चोलेन्द्रको बयान आज सक्ने तयारीमा महाभियोग सिफारिस समिति

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । समितिले जबरासँग आज बयान सक्ने बताइएको छ ।

त्यसका लागि समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ । बैठक भने बिहान ११ बजे बोलाइएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।  सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। जबराविरुद्ध ४३ वटा उजुरी परेका छन् । ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ । 

जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन् । 

समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ । गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए । त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो । 

समितिको अहिलेसम्म चारवटा मात्रै बैठक बसेको छ । संसदको आयु अब तीन दिन मात्र बाँकी हुँदा महाभियोग के हुने भन्ने अझै अन्योल छ ।  





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ८:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया