बाबुराम भट्टराईले भने - केसीले २०औँ पटक अनसन बस्नु सबैलाई लज्जाको विषय हो

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २०औँ पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् । डा.केसीले २०औँ अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत उनले उक्त कुरा बताएका हुन् । 

‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २०औँ पटक अनसनमा बस्नपर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन् । 

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औँ अनसन सुरु गरेका हुन् । 

‘त्यहाँ विकृति विसङ्गति छ भन्ने हामी सबैले स्विकार्ने तर नसुधार्ने किन ? कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन ? वेलैमा सोचौँ,’ डा. भट्टराईले भनेका छन् ।  

 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १३:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया