देशभर ९८३५ डेंगु संक्रमित

नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु पुष्टि भएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १९:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया