महिला साफ: भारतलाई हराउँदै बंगलादेश बन्यो समूह विजेता

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपअन्तर्गत आज सम्पन्न समूह चरणकाे अन्तिम खेलमा बंगलादेश विजयी भएकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह `ए´अन्तर्गतकाे खेलमा बंगलादेश  साबिक विजेता भारतविरुद्ध ३-० ले विजयी भएकाे हाे ।

याे जितसँगै बंगलादेश समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्दा पराजित भारत उपविजेता बन्दै अन्तिम चारमा पुग्याे ।

महिला साफ इतिहासमा भारतकाे याे पहिलाे पराजय हाे ।

खेलको ११ औं मिनेटमा मोसाम्मत सोप्नाकाे गाेलमार्फत बंगलादेशले अग्रता  लिएकाे थियाे ।

२३ औं मिनेटमा श्रीमाेती सरकारले टाेलीकाे अग्रता दाेब्बर बनाइन् ।



५३ औं मिनेटमा साेप्नाले व्यक्तिगत दोस्रो गाेल गरेपछि बंगलादेशले ३-० काे सहज जित निकाल्याे ।

याे जितसँगै तीन खेलमा ९ अंक जाेड्दा पराजित भारतले समान खेलमा ६ अंक जाेड्याे ।



सेमिफाइनलमा बंगलादेशले समूह`बी´ काे उपविजेता भुटान तथा भारतले समूह `बी´ काे विजेता नेपालकाे सामना गर्नेछन् ।

  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १९:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया