जुम्लामा तेस्रो स्याउ महोत्सव, राज्यले सहुलियत दिनु पर्नेमा जोड

जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरणका लागि महोत्सवको आयोजना गरिएको हो ।

त्यस्तै, जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले स्याउ महोत्सव हरेक वर्ष गरिनुपर्ने बताए ।

उनले हाम्रा हरेक मेला चाडपर्वको विकास हाम्रो उत्पादन श्रमसँग आवश्यक रहेको बताए । स्याउ महोत्सवमा प्रमुख अतिथिसमेत रहेका थकालीले  हरेक वर्ष महोत्सव गर्दै गए कालान्तरमा यो पर्वका रूपमा विकास हुने बताए ।

२०६३ सालमा जुम्ला सुर्खेत ट्र्याक रोड खुलेपछि मात्र यहाँका किसानले स्याउ र ओखर लगाउन तीव्रता दिएका थिए । मुस्ताङको सबै ठाउँमा स्याउ फल्दैन । तर, जुम्लामा त्यस्तो कुनै ठाउँ छैन जहाँ स्याउ नफलोस् । त्यसैले स्याउ उत्पादन हुने क्षेत्र हरेक वर्ष बढिरहेको छ । सुरुका दिनमा बजार वरिपरिमा सीमित उत्पादन हाल जिल्लाको सबै वडासम्म विस्तार भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले स्याउ जुम्लाको पहिचान भएको बताए । यहाँको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको स्याउमा राज्यले ठूलो लगानी गरेको छ । स्याउ सुपर जोन कार्यक्रम सञ्चालन पनि गरेको छ ।

‘अहिले स्याउ उत्पादनमा अनुदानका कार्यक्रम सञ्चालन त गरेको छ । ढुवानीमा पनि अनुदान दिनुपर्ने आवश्यकता छ,’ केसीले भने ।



काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा सञ्चालन गरिएको स्याउ महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि कला र सङ्गीत प्रस्तुत गरिएको थियो । 

जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न गरिएको कान्जिरोवा टाइम्सका निर्देशक महेन्द्र कार्कीले बताए । 



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार २१:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया