logo-img

ट्विटरमा विराट कोहलीले बनाए रेकर्ड

भारतीय क्रिकेटर विराट कोहलीको नाममा क्रिकेटमा निकै धेरै रेकर्डहरु नभएका होइनन् । अब उनले सामाजिक सन्जालमा पनि रेकर्ड बनाएका छन् । 

माइक्रो ब्लगिङ साइट ट्विटरमा विराटले सबैभन्दा धेरै फलोअर्स बनाएका छन् । ट्विटरमा उनका ५ करोड फलोअर्स पुगेका छन् । उनीभन्दा पछाडि छन्, अर्का भारतीय क्रिकेटर सचिन तेन्दुल्कर पनि । सचिनका ट्विटरमा झन्डै ४ करोड फलोअर्स छन् ।

तर, खेलाडीहरुमा उनी चौथो खेलाडी हुन् जसका ट्विटरमा पाँच करोडभन्दा धेरै फलोअर्स छन् ।

पहिलो नम्बरमा छन्, क्रिस्टियानो रोनाल्डो । उनका १० करोड फलोअर्स ट्विटरमा छन् । अर्का फुटबलर नेमार त्यसपछि आउँछन् ।







  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया