किसान श्रेष्ठले बारामा सुरु गरे चुनावी अभियान

नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ मा चुनावी अभियान सुरु गर्न थालेका छन् । 

यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ मा हराएका किसानले यसपटक पौडेलले तनहुँ १ नछोड्ने भएपछि आफ्नो निर्वाचन क्षेत्र फेर्न तयार भएका हुन् । 

गठबन्धनमा दल भएकाले र पौडेलले चाहेको खण्डमा आफूलाई टिकट नदिने निश्चित देखिएकाले उनले बारामा आफूलाई चुनावी अभियानमा समावेश गराउन खोजेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव सँगालिसकेका श्रेष्ठले मंगलबार सिमरामा आफू आवश्यकताअनुसार बारा ४ बाट चुनाव लड्न तयार भएको पनि बताएका छन् ।

बाराका विभिन्न उद्योगमा लगानीसमेत गरेका किसानले बारामा आफूले निर्वाचन लडे प्रतिस्पर्धीलाई कम्तिमा १० हजार मतले पराजित गर्ने बताउँदै पनि आएका छन् । 

यसअघिको निर्वाचनमा उनले पौडेललाई ७ हजारभन्दा धेरै मतले पराजित गरेका थिए ।





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार २३:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया