चितवनको भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गएराति आगलागी भएको छ । सुज हाउसमा राति करिब साढे ११ बजे बिजुलीको तार सर्ट भई आगलागी भएको हो ।
स्थानीय तेज नारायण चापागाईँको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ सञ्चालन गर्दै आएको उक्त सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगलागीबाट पसलमा रहेका सबै जुत्ता चप्पल चलेर नष्ट भएको प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहायताले गएराति नै आगो नियन्त्रणमा लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।