आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

आर्मेनिया र अजरबैजानबीच  भएको भिडन्तमा दुवैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन् ।

त्यस्तै, अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकको पनि मृत्यु भएको बताएको छ । छिमेकी दुई राष्ट्रहरूले दुईवटा युद्ध लडेका छन् ।  

मंगलबार रसियाले पछिल्लो अशान्तिका लागि युद्धविरामको मध्यस्थता गरेको बताएको छ । नागोर्नो-काराबाख क्षेत्र यी दुई देशको विवादको केन्द्रबिन्दु हो । यो  अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिमानाअनुसार अजरबैजानको एक भाग हो ।

आर्मेनिया बहुसंख्यक–क्रिस्चियन देश हो भने अजरबैजानमा मुसलमानको बाहुल्यता छ । सन् १९९१ अघि यी दुवै देश सोभियत संघको हिस्सा थिए।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ८:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया