बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोलीको सामना गर्दैछ ।
समूह ‘बी’ अन्तर्गतको खेल शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा खेल राति पौने १२ बजे सुरु हुनेछ ।
बहराइनविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जित निकाल्नु हुनेछ । यसअघि नेपालले भुटानसँग २–० र कतारसँग २–१ को पराजय बेहोरेको थियो ।
बहराइन पनि पहिलो जितको खोजीमा छ । उसले यसअघि बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
पहिलोपटक एएफसी यू–२० एसियन कपको नामले सञ्चालन भइरहेको भए पनि यसअघि यो प्रतियोगिता युथ च्याम्पियनसिप (यू–१९) तथा यू–१९ च्याम्पियनसिपको नामबाट आयोजना हुने गरेको थियो ।
नेपाल र बहराइनले पछिल्लोपटक सन् २०१७ मा एसिसी यू–१९ च्याम्पियनसिपको छनोटमा एकअर्काको सामना गरेका थिए । जसमा बहराइनले नेपाललाई ४–० ले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।