जोर्डनको राजधानी अम्मानमा एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
भत्किएको भवनमा केही मानिस फसेका छन् । एक विज्ञप्तिमा सुरक्षा प्रवक्ता आमेर अल–सर्तावीले पाँच जनाको मृत्यु भएको बताए ।
नागरिक रक्षा सेवाका प्रवक्ताले भत्किएको भवनमा अझै धेरै मानिस फसेको दाबी गरे । तर, कति मानिस फसेका छन् भन्ने केही खुलाइएको छैन ।
प्रधानमन्त्री बिसेर अल–खासवनेहले भत्किएको भवनको निरीक्षण गरेका छन् । घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीले सहरका मेयरलाई निर्देशन दिएका प्राप्त विवरणमा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।