बिल क्लिन्टनमाथि अनुसन्धान गर्ने पूर्वन्यायाधीशको मृत्यु
फरकधार / २९ भदौ, २०७९

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनमाथि महाभियोग लगाउने विषयमा अनुसन्धानको नेतृत्व गरेका न्यायाधीश केन स्टारको मंगलबार निधन भएको छ ।



७६ वर्षीय स्टारको शल्यक्रियापछि जटिलताका कारण टेक्सासको ह्युस्टनमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमा जनाएको छ ।

स्टारले पूर्वराष्ट्रपति क्लिन्टनले मोनिका लेविन्स्कीसँगकोे सम्बन्धको बारेमा झुटो बोलेका कारण उनीमाथि लागेको महाभियोगको छानबिनको नेतृत्व गरेका थिए ।  



क्लिन्टनलाई सन् १९९८ मा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । तर, माथिल्लो सदन सिनेटले सफाइ दिएको थियो ।  



  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १०:५२:२७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया