ललितपुरमा डेंगुबाट एक युवकको मृत्यु

ललितपुरको ग्वार्कोका ३६ वर्षीय पुरुषको डेंगुबाट मृत्यु भएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, हेटौडा उपमहानगरपालिका–१ का चौकी टोल निवासी १३ वर्षीय बालकको पनि डेंगुको संक्रमणबाट मृत्यु भएको छ । उनीहरू दुवैको आइतबार काठमाडौंस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ११:३७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया