दशैँका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो ।
बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ ।
एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।