मकवानपुरमा एकैदिन १ सय २४ जनामा डेंगु संक्रमण

मकवानपुरमा डेंगु संक्रमणको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १ सय २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना रहेका छन् । त्यस्तै, मकवानपुरगढी गाउँपालिकाका १, थाहा नगरपालिकाका ५, भीमफेदी गाउँपालिकाका १ र मनहरी गाउँपालिकाका ३ रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

बुधबार थपिएका १ सय २४ संगै मकवानपुरमा डेंगु संक्रमितको संख्या १३ सय ३१ पुगेको छ । जसमध्ये पुरुषको संख्या ७ सय ७४ रहेका छन् भने ५ सय ५७ महिलामा डेंगु संक्रमण भएको छ । 

पछिल्ला दिनमा तीव्र रुपमा डेंगु संक्रमित बिरामी बढेका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १८:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया