सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा सहसचिव अधिकारी

सरकारले सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा सहसचिव तारानाथ अधिकारीलाई पठाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमातहतको विभागमा अधिकारीलाई ल्याएका हुन् । 

अधिकारी भदौ ५ गते मात्रै पर्यटन विभागको महानिर्देशकबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । अधिकारीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वर्ष काम गरेका थिए ।

यसअघि सम्पत्ति शुद्धीकरण विभागमा रहेका प्रेमप्रसाद भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । 
भट्टराई हाल सिंगापुरमा रहेका छन् । उनी गैरकानुनी आम्दानी र स्रोतमाथि नियन्त्रण गर्न भइरहेका प्रयासबारेको गोष्ठीमा सहभागिताका लागि त्यहाँ गएका हुन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १८:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया