कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले दशैँअघि नै नेविसंघलाई पूर्णता दिन दबाब दिएको छ । बुधबार संघले पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र बद्री पाण्डेमार्फत नेविसंघको पूर्णताको माग गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केही महिनाअघि दुजाङ शेर्पालाई नेविसंघ तदर्थ समितिको अध्यक्ष बनाएका छन् । अन्य सदस्य भने मनोनीत हुन बाँकी छन् । तदर्थ समितिलाई संघीय चुनाव सकिएको तीन महिनाभित्र नेविसंघको अधिवेशन गराउनुपर्ने पार्टीको निर्देशन छ।
अध्यक्ष शेर्पाले दशैँसम्म तदर्थ कार्यसमितिले पूर्णता पाउनेगरी सहजीकरणका लागि नेतृत्वसँग आग्रह गरेका छन्। उनले नेविसंघलाई पूर्णता दिएर निर्वाचनमा परिचालन गराउन नेतृत्वसँग आग्रह गरेका हुन् ।
छलफलमा मिति सकिएका जिल्ला र क्याम्पसको समिति भंग गरेर नयाँ प्रक्रियाअनुसार अघि बढ्दा चुनावमा पार्टीलाई फाइदा हुने विद्यार्थीले तर्क गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।