नवाैँ राष्ट्रिय खेलकुद : कर्णालीले २९ खेलमा भाग लिने, रग्बी पहिलाेपटक खेल्दै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा सहभागी कुल ३६ खेलमध्ये कर्णालीले २९ खेलका सहभागिता जनाउने भएको हो । 

कर्णाली प्रदेशले एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारत्तोलन, सुटिङ खेलका लागि खेलाडी छनौट गरेको छ । यसैगरी जिम्नास्टीक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, तेक्वान्दो, उसु, बास्केटबल, शारिरिक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, साइक्लिङ, प्याराग्लाइडिङ र रग्बी ७ ए साइटमा कर्णालीका खेलाडी प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि कर्णालीकाबाट कुल चार सय ९४ जना खेलाडी छनौट भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का प्रशिक्षण प्रमुख प्रदीपकुमार राईले जानकारी दिए । कुल खेलाडी मध्य दुई सय दुई जना महिला र दुई सय ९४ जना पुरुष खेलाडी रहेको उनले जनाए ।

पहिलो पटक ‘रग्बी ७ ए साईट’ मा कर्णालीको सहभागिता

कर्णालीले पहिलो पटक ‘रग्बी ७ ए साइट’ मा प्रतिस्पर्धा गर्दैछ । ‘अमेरिकन फुटबल’का नामले समेत प्रसिद्ध यस खेलमा कर्णालीले पुरुष तथा महिलातर्फ गरी कुल २८ जना खेलाडीलाई प्रतिष्पर्धामा समावेश गराउँदैछ ।

कर्णालीको समूहमा पुरुष तर्फ लोमनकुमार खड्का, निराजन खड्का, नविन खड्का, नविन उपाध्याय, गोविन्द शाही, सन्दीप गिरी, प्रशान्त नेपाली, टिकाराम गिरी, अर्जुन विक, विशिष्ट क्षेत्री, बलबहादुर रेगामी, मनोज ताम्राकार, रोशन विक र प्रकाश रोकाय रहेका छन् ।



यसैगरी महिलातर्फ भने जानकी रावल, विष्णुमाया रावल, श्रष्टि महत, श्रृजना संज्याल, विनिता शाही, दिलमाया बम, सृष्टि बम, सूर्यज्योति बम, गिता केसी, कल्पना थापा, मनिषा विक, कल्पना विक, यशोधा रोकाय र निसा सिंह रहेको प्रशिक्षण प्रमुख राईले जानकारी दिए ।

डोल्पाको न्यून सहभागिता 



कर्णालीबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीको जिल्लागत विवरण हेर्दा डोल्पाबाट कम संख्यामा खेलाडीको सहभागिता देखिन्छ । डोल्पाका सात जना खेलाडीले प्रतिस्पर्धामा सहभागिता जनाउँदै छन् ।

डोल्पाबाट सहभागिता जनाउने खेलाडीमध्ये तेक्वान्दो खेलमा दुई ना, उसु खेलका एकजना, महिला तर्फको फुटबलमा एक जना, खो–खो, प्याराग्लाइडिङ र फुल कन्ट्याक्ट कराँते खेलमा क्रमशः एक–एक जना रहेको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ । 

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १२:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया