दुर्घटनामा परेका जेलेन्स्कीकाे अवस्था कस्ताे छ ?
फाइल फाेटाे

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो । 

दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र उनलाई पछ्याइरहेका  गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभल भने ।

‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले यात्रुवाहक कारका चालकलाई आपतकालीन सहायता दिए र उनलाई एम्बुलेन्समा स्थानान्तरण गरे’ प्रवक्ताले जारी गरेको फेसबुक पोस्टमा उल्लेख छ । 

जेलेन्स्कीको जाँच गरिएको र गम्भीर चोट नलागेको बताइएको छ । दुर्घटनाबारे अनुसन्धान अधिकारीले छानविन गर्ने प्राप्त विवरणमा जनाइएको छ । 

यसैबीच, दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र हमला गरेको छ । हमलापछि उक्त क्षेत्रका  बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा जान भनिएको छ । 

क्रिभी रिहको दुई वटा जिल्लाका झन्डै दुई दर्जन वस्ती जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले जानकारी दिए । बाँध फुटेको ठाउँमा १०० क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी झरेको जनाइएको छ ।
 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १५:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया