सरकारले हचुवाको भरमा मोबाइलको आयात रोक्यो - दीपक मलहोत्रा

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल फोनको आयात तत्काल खोल्नुपर्ने बताएका छन् । 

बिहीबार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मलहोत्राले सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको भन्दै तत्काल खोल्नुपर्ने बताएका हुन् । उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको बताए । 

अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशतभन्दा बढी मोबाइल फोन चोरी पैठारीबाट नेपाल भित्रिने गरेको बताए । उनले धेरै लामो समयको प्रयासपछि मोबाइल सेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु भएकाले आजदेखि अवैध रूपमा भित्र्याएका मोबाइल फोन बन्द हुने बताए । 

अध्यक्ष मलहोत्राले सरकारले मोबाइल फोनको आयात बन्द गर्दा अवैध आयात बढेको बताए । उनले नेपालमा वार्षिक ५५ अर्बभन्दा बढीको आयात हुने भएपनि यो वर्ष २७ अर्ब रुपैयाँको मोबाइल फोन आयात हुने बताए । उनले वैधानिक रुपमा मोबाइल आयात बन्द गर्दा अवैध रुपमा नेपाल आयात २८ अर्बको हुने दाबी गरे । 

अध्यक्ष मलहोत्राले सरकारलाई मोबाइल फोन आयात गर्दा २५ प्रतिशत अर्थात ७ अर्ब रुपैयाँ बराबरको राजश्व गुम्ने बताए । उनले नेपालमा ७० प्रतिशत वैधानिक रुपमा र ३० प्रतिशत अवैध रुपमा मोबाइल फोन आयात हुने गरेको बताए । उनले मोबाइल फोन आयात खोल्नका लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरुको कुरा नसुनेको बताए । 

उनले अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीले एक दिन दीपावली बनाउने घोषणा गरे । उनले मोबाइल सेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू हुनु मोबाइल व्यवसायीहरुको जित भएको बताए । 



चार वर्षको लामो समयको प्रयासपछि सरकारले बिहीबारदेखि अवैध रुपमा आयात भएका मोबाइल सेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु गरेको छ । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले  एमडिएमएस सुरु गरेको हो । 

नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली कार्यान्वयनमा ल्याएको हो । 



यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । यदी दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः चल्नेछन् भने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ । 

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १६:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया