बैतडीको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकलाई अवकाश दिने भएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी १ असोजदेखि लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिने जनाएको छ ।
यही २४ भदौमा बसेको गाउँकार्यपालिकाको बैठकले लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिने निर्णय गरेकाले विद्यालय व्यवस्थापन समितिले त्यस्ता शिक्षकलाई अवकाश दिनुपर्ने जनाएको छ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउनसमेत भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।