मध्य इटालीमा आएको भीषण आँधीको कारण सात जनाको ज्यान गएको छ ।
सडक र घरहरूमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।
एन्कोना प्रान्तमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउने सबै एन्कोना प्रान्तकै रहेको बताइएको छ । आँधी र भारी वर्षापछि आएको बाढीले सडक र घरहरू बगाएको पनि बताइएको छ ।
स्थानीय अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् । आँधीमा परी कति व्यक्ति घाइते वा बेपत्ता भएकाको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।