केसीको जीवन रक्षाको माग गर्दै रिजालले भने: प्रधानमन्त्री आफ्नै रूप हेरेर दंग नपर्नुस्

काठमाडौं– डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार पनि संसद् अवरुद्ध गरेको छ । कांग्रेस सांसद मीनेन्द्र रिजालले डाक्टर गोविन्द केसीसँग वार्ता नगरेको भन्दै आपत्ति जनाए । उनले केसीका माग भुलेर सत्तापक्षले अधिकतम मार्सल प्रयोग गर्दै छलफलविना नै चिकित्सा शिक्षा विधेयक पास गरेको सरकार र सभामुखको भूमिकाको आलोचना गरे । 

रिजालले दम्भ र अहंकारबाट सरकार अघि बढेकाले समृद्धि नआउने बताए । दुई तिहाइको प्रयोग जनताको पक्षमा खर्च गर्न पनि उनले सरकारलाई आग्रह गरे।

केसीसँग वार्ता गर्दा सरकारको शिर निहुरिन्छ ? भन्दै रिजालले आफैँले गरेको सहमति भुलेर सरकार अघि बढेको आरोप लगाए । प्रधानमन्त्री आफ्नै रूप हेरेर दंग परेको बताउँदै उनले नेकपामा नयाँ जवानी देखा परेको व्यंग्य पनि उनले गरे । सरकारले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न नसकेकोमा उनले आलोचना गरे ।





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १४:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया