दिल्लीः भ्रष्टाचार आरोपमा आम आदमी पार्टीका विधायक गिरफ्तार

भारतको नयाँ दिल्लीको एन्टी करप्सन ब्रान्चले शुक्रबार आम आदमी पार्टीका विधायक अमानतुल्लाह खानलाई भ्रष्टाचार गरेको एक मुद्दामा गिरफ्तार गरेको छ ।

समाचार एजेन्सी पिटिआइका अनुसार दिल्ली वक्फ बोर्डका अध्यक्षसमेत रहेका खानलाई गिरफ्तार गर्नुको कारण पनि यही संस्थामा भएको भर्नासम्बन्धी भ्रष्टाचारको मुद्दा हो ।

उनको घरमा छापा मार्दा २४ लाख नगद पनि बरामद भएको थियो । साथसाथै दुई वटा लाइन्सेन्स नभएका बन्दुक पनि बरामद गरिएको जनाइएको छ ।
 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार ०:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया