सशस्त्रकालीन समयका सहयात्री डा. बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड अहिले फरक फरक पार्टीमा छन् । तर, यी दुईबीचको सहकार्य फेरि सुरु हुनसक्ने सम्भावना बढेको छ ।
यही सिलसिलाको एउटा चरण मान्न सकिन्छ, शुक्रबार साँझ डा. बाबुराम भट्टराईको निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डिनर ।
शुक्रबार साँझ प्रचण्ड आफ्नो निवासमा आएको र गम्भीर वैचारिक तथा राजनीतिक छलफल गरिएको डा. भट्टराईले ट्विटरमा लेखेका छन् ।
उनले छलफलमा जनयुद्धको क्रान्तिकारी सारतत्वको सही संश्लेषण गर्दै एक्काइसौँ शताब्दीमा समाजवादको नयाँ कार्यदिशा विकास गर्न सहकार्य गर्ने कुरामा जोड रहेको पनि उल्लेख गरेका छन् ।
केही समय यता प्रचण्डले सशस्त्र युद्धताकाका सहयात्रीहरु फेरि एकजुट हुनु पर्ने समय आएको बताएका थिए । आगामि ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको दल नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।