जूही चावलासँग सात वर्षसम्म किन बोलेनन् आमिर खान ?

एजेन्सी– बलिउड अभिनेता आमिर खान अभिनयका कारण जति चर्चामा आउँछन्, नीजि जीवनबारे विभिन्न विरोधाभासका कारण पनि चर्चामा छाइरहेका हुन्छन् ।

यस्तै अहिले आमिर अभिनेत्री जूही चावलासँगको सम्बन्धलाई लिएर चर्चामा छन् । आफैंले जूहीसँगको सम्बन्धबारे खुलाएपछि आमिर चर्चामा आएका हुन् । आमिरकै अनुसार यी दुई अभिनेता एकअर्कासँग सात वर्षसम्म बोलेनन् । 

र, यस्तो अवस्थाको कारण पनि अत्यन्त सानो भएको आमिरले बताएका छन् । उनले भनेका छन्, ‘म र जूहीको झगडा सानो कुरामा भएको थियो । त्यो इश्क फिल्मको सेटको कुरा हो । सन् १९९७ मा भएको यो घटनापछि म यति रिसाएको थिएँ कि म जूहीसँग ५० फुट टाढा बस्थेँ, न उनलाइ हेलो भन्थेँ, न बाइ ।’ सात वर्षसम्म आफूहरुबीच कुनै कुराकानी नभएको पनि आमिरले बताएका छन् ।

तर, सन् २००३ मा जब आमिरकी पहिली पत्नी रीना र उनको डिभोर्सको चर्चा चल्न थाल्यो, जूही र आमिर फेरि नजिकिए । त्यति बेला आमिर कसैसँग पनि मिल्दैनथे । जूही मात्र आमिरकी त्यस्ती साथी थिइन् जसलाई आमिर र रीनाको सम्बन्धबारे राम्रोसँग थाहा थियो । सात वर्ष नबोलो आमिरलाई यो हल्ला चलेपछि जूहीले फोन गरेको र उनको घरमा भेट्न गएको आमिरले बताएका छन् ।





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १४:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया