\
जल तथा मौसम विज्ञान विभागका अनुसार राप्ती नदीले बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । जल सतह बढ्दो रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूले आज दिउँसो १ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले आज दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउनुहोला,’ जल तथा मौसम विज्ञान विभागले एसएमएस अलर्टमार्फत भनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।