आइसिसी विश्वकप लिग- २ : नामिवियाले अमेरिकालाई हरायो

आइसिसी विश्वकप लिग- २ अन्तर्गतकाे त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिवियाले अमेरिकालाई हराएकाे छ । शनिबार भएको खेलमा अमेरिकालाई ६८ रनले हराएकाे हाे ।

२५५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १८६ रन मात्र  बनाउन सक्याे ।

उसका लागि गजानन्द सिंहले सर्वाधिक ३२ रनकाे याेगदान दिए । कप्तान माेनांक पटेलले ३०, सैतेजा रेड्डी मुक्कामल्लाले २९, अविजित रहेका क्याराेन स्टेभनसनले २८ र नस्तुष केन्जिगेले २८, जसकरण मल्हाेत्राले २२ तथा स्टेभन टेलरले १३ रन जाेडे ।

नामिवियाका लागि बर्नार्ड स्काेल्ट्जले तीन, टांगाेनी नुङ्गाम्यानले दुई तथा रुवेन ट्रम्पलम्यान र कप्तान गर्हार्ड इरास्मसले एक/एक विकेट लिए ।

त्यसअघि अमिनी पार्कमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नामिवियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २५४ रन बनाएकाे थियाे ।

उसका लागि गेर्हार्ड इरास्मस, लाे ह्यान्डरी लाेरेन्स र स्टेफन बार्डले अर्धशतकीय पारी खेले ।



८७ रन बनाएका इरास्मसले ७२ बलमा ९ चाैका र एक छक्का प्रहार गरे । लाेरेन्सले १०५ बलमा तीन चाैकासहित ५७ रन बनाए ।

बार्डले ७० बलमा पाँच चाैका र एक छक्कासहित ५३ रन जाेड्दा जेजे स्मित २९ रनमा अविजित रहे ।



अमेरिकाका लागि शाैरभ नेत्रावाल्करले तीन तथा क्यामराेन स्टेभनसन र स्टेभन टेलरले एक/एक हात पारे ।

हारका बाबजुत ३२ खेलमा २९ अंकका साथ अमेरिका तेस्रो स्थानमा रहँदा जित हात पारेकाे नामिविया २० खेलमा २२ अंक जाेडेर पाँचौं स्थानमा छ ।

त्यस्तै, विश्वकप लिग–२ मा अहिलेसम्म २० म्याच खेल्दा आठ जित र ११ हार र एक बराबरीको नतिजा निकालेको नेपाल १७ अंकका साथ छैटौं स्थानमा छ ।

  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १४:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया