'जबराको बयानले ओली सरकारले अदालतलाई प्रभावमा पार्ने गरेको पुष्टि भयो'

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अदालतलाई प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष दाहालले महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबराको बयानले केपी ओली नेतृत्वको सरकारले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको पुष्टि भएको बताएका हुन् । 

संसदको पुनर्स्थापना जनताको भावना र पहल, बहुमत सांसदको निर्णय, नागरिक समाजको पहल र संवैधानिक इजलासको बहुमतको कारणले सम्भव भएको उनको भनाइ छ । 

उनले संसद विघटन गर्ने ओलीलाई संसद पुनर्स्थापनाको निर्णयलाई परमादेश भनेर टिप्पणी गर्ने अधिकार नभएको बताए । 

अध्यक्ष दाहालले देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन र लोकतन्त्र, राष्ट्रको रक्षा गर्ने उद्देश्यले गठबन्धन गरिएको स्पष्ट पारे । 

उनले आगामी निर्वाचनमा एमालेको अबस्थाबारे गत स्थानीय तह निर्वाचन, राष्ट्रियसभा, नेपाल पत्रकार महासंघ र नेपाल बार एशोसिएशनको निर्वाचनले सन्देश दिइसकेको बताए । 



अध्यक्ष दाहालले संसदको कार्यकालको विषयमा संविधानले निर्देशित गरेको मर्मअनुसार संसदले निर्णय गर्ने कुरा भएको उल्लेख गरे ।



  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १५:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया